काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । डेंगी संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको हो ।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।