Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकी गाउँपालिकमा चेपाङ समूदायले भव्यरुपमा मनायो न्वागी पर्व

गण्डकी गाउँपालिकमा चेपाङ समूदायले भव्यरुपमा मनायो न्वागी पर्व

इच्छाकामना न्युज

२२, भाद्र २०८०
गण्डकी गाउँपालिकमा चेपाङ समूदायले भव्यरुपमा मनायो न्वागी पर्व

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा चेपाङ समूदायले सामूहीक रुपमा न्वागी (छोनाम) पर्व मनाएका छन् । गाउँपालिकाको कार्यालय परिषरमा उत्त पर्व मनाएको हो । 

images

376211935_273718932117601_8324242421160572699_n.jpg
गोरखाको गण्डकी गाउँपालिकाले चेपाङ समूदायको छोनाम (न्वागी) को अवसरमा सार्वजनिक बिदासमेत दिएको थियो । न्वागीको अवसरमा भएको कार्यक्रममा विभिन्न वडा बाट आएका चेपाङ समुदायले झाँकी प्रदर्शनी गरेका थिए । परम्परागत पोसाक कछाड, स्टकोट, गुन्यु, चोलीमा सजिएर सीमान्तकृत चेपाङ समुदायले मौलिक पहिरनको प्रदर्शनीसमेत गरेका थिए । गण्डकी गाउँपालिकाको वडा न १, २, ६ र ७ मा चेपाङ समूदायको उल्लेखे मात्रामा बसोबास रहेको छ । 

376402720_273719832117511_161058894682087443_n.jpg


चेपाङ समुदायको प्रमुख पर्व ‘न्वागी’ को अवसरमा समुदायका विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । तत्कालीन संविधानसभा सदस्य मायाँ चेपाङ, गण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य कुन्तीमाया चेपाङ, वडा सदस्य कमानसिं चेपाङ, विलबहादुर चेपाङ, कल्पना चेपाङ, पूर्वकार्यपालिका सदस्य भगवती चेपाङ, पूर्ववडा सदस्य रुन्ची मायाँ चेपाङ, भीमबहादुर चेपाङलाई सम्मान गरिएको छ ।

निमावि तहका स्थानीय शिक्षक आइतसिं चेपाङ, विलबहादुर चेपाङ, विमला चेपाङ, स्टार्फ नर्स फनिसा चेपाङ, प्राविधिक सहायक खमबहादुर चेपाङ, पहिलो स्नातकोत्तर उत्तिर्ण गर्ने रमिला चेपाङ, समुदायबाट पहिलोपटक एसएलसीमा सहभागी भएकी मिनमाया चेपाङ पनि सम्मानित भएकी छन् । त्यस्तै प्रावि स्थायी चन्द्रबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, भिमलाल चेपाङ, एसईईमा ३ जीपीए ल्याएकी निरुता चेपाङ, २.७ जीपीए ल्याएका प्रदिप चेपाङ र सुस्मिता चेपाङलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनको रुपमा  पनि लिइन्छ । 

376257202_273718872117607_790533636577174604_n.jpg
 । छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् ।  

 

 

 

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - २३:३९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology