Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पोखरा बिमानस्थलमा आजबाट ब्यवसायिक उडान हुँदै

पोखरा बिमानस्थलमा आजबाट ब्यवसायिक उडान हुँदै

images

इच्छाकामना न्युज

२३, भाद्र २०८०
पोखरा बिमानस्थलमा आजबाट ब्यवसायिक उडान हुँदै
images

पोखरा । आजबाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ । बिमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।

सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०८:०३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology