Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखामा बालयौन दुव्यर्वहारको आरोपमा शहिदलखन बुंकोटका ३० बर्षीय युवा पक्राउ

गोरखामा बालयौन दुव्यर्वहारको आरोपमा शहिदलखन बुंकोटका ३० बर्षीय युवा पक्राउ

इच्छाकामना न्युज

३, आश्विन २०८०
गोरखामा बालयौन दुव्यर्वहारको आरोपमा शहिदलखन बुंकोटका ३० बर्षीय युवा पक्राउ

गोरखा । गोरखाका नाबालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा ३० बर्षका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–७ बुकोट, ओयाकगाउँका ३० बर्षिय सुजन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

images

परियारले स्थानिय १६ बर्षिया ज कुमारी (नाम परिवर्तन) लाई भाद्र २५ गते सोमबार साँझ ५ः४५ बजेको समयमा एक्लै भएको मौका छोपी शरिरको संवेदनशील अंगहरु चलाउने तथा चुम्बन गरेको प्रहरीको आरोप छ । उक्त कार्य गरेको भन्दै बालिकाको आमाले प्रहरीमा निवेदन दिए लगत्तै सुजनलाई गोरखा प्रहरीले भाद्र ३१ गते आइतबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

सुजन ति बालिकालाई विभिन्न तरहले डर–त्रासमा पारी करणी गर्ने आशयले अस्वभाविक रुपमा पीडित बालिकाको संवेदनसिल अंगहरुमा समाउने, चुम्बन गर्ने गरी बालयौन दुरुपयोग गरेकोले पक्राउ गरी बालयौन दुरुपयोग कसूर शिर्षकमा मुद्दा दर्ता गरीएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका युवकलाई आइतबार नै गोरखा जिल्ला अदालतबाट म्याद थप प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको जनाएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०८:१२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology