Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कम्युनिष्ट पार्टीले देश चलाउन सकेनः पूर्वमन्त्री भण्डारी

कम्युनिष्ट पार्टीले देश चलाउन सकेनः पूर्वमन्त्री भण्डारी

इच्छाकामना न्युज

१४, माघ २०७७
कम्युनिष्ट पार्टीले देश चलाउन सकेनः पूर्वमन्त्री भण्डारी

आँबुखैरेनी, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री  शंकर भण्डारीले कम्युनिष्ट पार्टीले देश चलाउन नसकेको बताएका छन्। बुधबार तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. १ को नवनिर्मित कार्यालय भवनको उद्धाटन गर्दै उनले यस्तो बताएका हुन्। 
दुई तिहाई बहुमत प्राप्त भएको दुहाई दिने कम्युनिष्ट सरकारले देश चलाउन असफल भएको देशको पछिल्लो घटनाक्रमले पुष्टि गरेको उनले बताए। यस्तै अहिलेको कम्युनिष्ट सरकारले देश चलाउन नसकेकाले अब नयाँ जनमतमा जानुपर्ने बताउदै तर त्यसका लागि अदालतको आदेश भने पर्खनु पर्ने पूर्वमन्त्री भण्डारीले बताए ।

images

143304671_972232900275296_7541093952099270820_o.jpg
‘त्यत्रो जनमत पाएको पार्टीले सत्ता चलाउन नसकेपछि नयाँ जनमत आवश्यक छ’ –उनले भने ‘अदालतको आदेशको भने कांग्रेसले पालना गर्नेछ।’ उनले नयाँ सरकारको नेतृत्व कांग्रेसले पाएका खण्डमा आफू पुनः वनमन्त्री हुने इच्छा व्यक्त गरे । ‘मैले पाएँ भने फेरि वन मन्त्री नै हुन्छु,’ उनले भने, ‘मैले त्यहाँ सम्भावना देखेको छु ।’
आफ्नो इच्छाभन्दा पार्टी र देश ठूलो भएको भन्दै उनले पार्टीले अवसर दिएमा भने आफ्नो रोजाइ वन मन्त्रालय हुने बताए। वन श्रोतको सदुपयोग गरेर २५ लाखलाई रोजगारी दिने पनि उनले बताए। आफूलाई मन्त्री हुन कुनै लोभ भने नभएको उनले बताए।

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १८:५०:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology