Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन: एमाले अध्यक्ष केपी शर्मा ओली

आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन: एमाले अध्यक्ष केपी शर्मा ओली

इच्छाकामना न्युज

६, आश्विन २०८०
आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन: एमाले अध्यक्ष केपी शर्मा ओली
images

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले  यहाँ आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उहाँले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताउनुभयो ।

images
images

“मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।”

उहाँले नेपालले आश गर्ने नभई पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी परनिर्भरता नभई आत्मनिर्भरतातर्फको प्रवृत्ति हुुनुपर्ने भनाइ राख्नुभयो । उहाँले अल्पविकसित मुलुक विकासशील मुलुकमा बढोत्तरी हुनु सकारात्मक कुरा रहेको बताउनुभयो । “एउटा गरिबीको तहबाट माथिल्लो तहमा उक्लिनु हो । अल्पविकसितबाट विकसितमा पुग्नु प्रगति हो”, अध्यक्ष ओलीले भन्नुभयो ।

विकासशील देशमा बढोत्तरीले राष्ट्रको नैतिकतालाई उचो पु¥याउने उल्लेख गर्दै विकसित देशमा परिणत भयो भन्ने कुराको मनोबल उच्च राख्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आफैँ काम गर्नुपर्ने बताउनुभयो ।

“जबसम्म हामी आफ्नो राष्ट्रिय आवश्यकता, हित र प्राथमिकताअनुसार काम गर्न हिम्मत गर्दैनौँ । तबसम्म अर्थतन्त्र ओरालो लाग्ने गर्दछ”, अध्यक्ष ओलीले भन्नुभयो, “अर्थतन्त्र ओरालो लाग्यो भने अल्पविकसित मुलुकबाट बढोत्तरी कसरी हुने ?” उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि के गर्न बाँकी छ अब कसरी पूरा गर्ने भन्नेमा अहिलेदेखि नै छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०९:०४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology