Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिका १ नं. वडाकार्यालयको भवन उद्घाटन

आँबुखैरेनी गाउँपालिका १ नं. वडाकार्यालयको भवन उद्घाटन

इच्छाकामना न्युज

१४, माघ २०७७
आँबुखैरेनी गाउँपालिका १ नं. वडाकार्यालयको भवन उद्घाटन

आँबुखैरेनी, १४ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को वडाकार्यालय भवन उद्घाटन भएको छ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले आज बुधबार एक कार्यक्रमका बिच वडा नं. १ को वडाकार्यालय उद्घाटन गरेका हुन्। 
वडा नं. १ का वडाध्यक्ष किसान थापाको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा वडाकार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको हो। 

images

142555324_972233013608618_6750445659615619929_o.jpg
भवन उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै पूर्ववनमन्त्री भण्डारीले गण्डकी प्रदेशको प्रवेशद्वारको रुपमा रहेको आँबुखैरेनी गाउँपालिका नमुना बन्न सकोस् भनी शुभकामना व्यक्त गरेका थिए। 
कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले आफुहरुले जनप्रतिनिधीको रुपमा कार्यभार सम्हालिरहदा हालसम्म ९० प्रतिशत कामहरु सफलतापूर्वक सम्पन्न गरेको बताए। 

IMG_9396.jpg
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले पछिल्लो समय गाउँपालिकाले एक वर्ष भित्र गर्ने कामहरु योजनावद्ध रुपमा गर्ने गरि अगाडी बढिरहेको जानकारी दिए। कार्यक्रममा अधिकृत पोखरेलले ७४ लाख ५९ हजार ९ सय ८६ रुपैंया ७२ पैंसाको लागतमा वडा कार्यालय भवन निर्माण भएको बताए। उनले अन्य वडाका भवनहरु निर्माणको अवस्था बारे पनि जानकारी दिएका थिए। 
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तिरमण वाग्ले लगायत विभिन्न स्थानीय संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो।

IMG_9399.jpg

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १९:५३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology