काठमाण्डौं, २० असोज
नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरको प्रयोगशालामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा २ हजार ३ सय ४० जना निको भएर फर्किएका छन्। यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ।
हाल नेपालमा २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।