देवघाट । देवघाट गाउँपालिकामा आरन सञ्चालन भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० र ११ मा आरन सञ्चालन गर्दै आएका राजु सुनार र कृष्ण सुनारले हाल देवघाट गाउँपालिका वडा-५ स्थित सुन्दरसिल टोलमा आरन पेशा सञ्चालन गरिएको छ ।
सो आरन अवलोकन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आरनको प्रवर्द्धन गर्ने बताएका छन् । थापाले देवघाटमा आरन पेशा गर्ने व्यक्ति निकै कम भएको र देवघाट-१ कोटामा आरन भएता पनि देवघाट लगाएत अन्य वडाबाट सो स्थानमा पुग्न १ दिन नै लागाएर जानुपर्ने अवस्था भएको हुदाँ यहाँका मान्छेहरू आरान खोज्न कि त भरतपुर नै पुग्नुपर्ने भएको हुदाँ पेशालाई थप प्रवर्द्धन र उत्त्साह प्रदान गर्दै व्यवस्थित तरिकाले अगाडि बढाउने अध्यक्ष थापाले बताए ।
पुस्तौ देखि चल्दै आएको आरन पेसा अहिले लोप हुने अबस्थामा पुगेको छ औजार बनाउन प्रयोग गरिने आरन गोल प्रबिधि र कम पारीश्रमिकका कारण पेसा लोप हुने अबस्थामा पुगेको हो । बिगतको समयमा हरेक गाउँ-गाउँमा भेटिने आरन अहिले भेटिन निकै मुस्किल छ। सो आरनमा हसिया,कुटो,कोदालो,खुकुरी,बन्चरो र तामा,पित्तल लगाएतका सबै औजारहरू बनाउने राजु सुनारले जानकारी दिए ।
आरन देवघाटमा सुरू गरेको डेढ महिना भएको उनले बताए । सो आरन अवलोकनमा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त लगाएत जानु भएको थियोे ।