Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

इच्छाकामना वडा नं. ४ दशैंको बेला घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै 

इच्छाकामना वडा नं. ४ दशैंको बेला घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै 

images

इच्छाकामना न्युज

३, कार्तिक २०८०
इच्छाकामना वडा नं. ४ दशैंको बेला घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.४ को कार्यालयले सेवाग्राहीको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडाकार्यालयले बिहिबार सेवाग्राहीको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

वडाध्यक्ष रुद्रप्रसाद उप्रेती आफै सक्रिय रुपमा खटेर भत्ता वितरण गरेको छ । उनले वडाको माथिल्लो टोल बस्ति स्याक्लाङ, पातिघारी, बाझगाऊ, कमलाबारी, कुरनभित्ता, बेलडाडा, सोतागाऊ लगायतका स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।

पछिल्लो समय सरकारको निर्देशानुसार स्थानीय तहले अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुदाँ सेवाग्राहीलाई असहज पैदा भएको थियो । तर कतिपय स्थानीय सरकार र वडा कार्यालयहरुले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

सोही अनुरुप जनतालाई सहज बनाउन बैंकसँग सहकार्य गर्दै निर्वाचित भएर आएदेखि नै वडाध्यक्ष उप्रेतीले सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै वितरण गर्ने व्यवस्था मिलाउदै आएका छन् । वडाध्यक्षको यो कामले नागरीकहरु भने खुशी छन् ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - ०७:४७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology