Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमू धीँ जापानद्वारा तमू सञ्चारकर्मी संघलाई ५० हजार सहयोग प्रदान

तमू धीँ जापानद्वारा तमू सञ्चारकर्मी संघलाई ५० हजार सहयोग प्रदान

इच्छाकामना न्युज

३, कार्तिक २०८०
तमू धीँ जापानद्वारा तमू सञ्चारकर्मी संघलाई ५० हजार सहयोग प्रदान

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालद्वारा सञ्चालित गुरुङन्यूज डटकम सञ्चालनमा सहयोगका लागि तमु धीँ जापानले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

images

तमु धीं जापानले गर्दै आएको २४औ र २५औ रोधीं साँझबाट संकलन गरेको रकममध्येबाट सो रकम गुरुङन्यूज डटकमलाई सहयोग गरिएको हो ।

होटल सोल्टीमा भएको भेटघाटका अवसरमा तमु धीँ जापाका अध्यक्ष रमेश कुमार गुरुङले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ (लाला) लाई रकम हस्तान्तरण गरेका हुन् ।

सो भेटघाटमा तमु धीँ जापानका पूर्वअध्यक्ष तथा संरक्षक श्री गुरुङ, सल्लाहकार अमृत प्रसाद गुरुङ, मनोज घले, संस्थाका मानार्थ सदस्यद्वय बिजेश थकाली र माइकल गौचन तथा तमू (गुरुङ) सञ्चारकर्मी संघका पूर्वअध्यक्ष तथा गुरुङन्यूज डटकमका संरक्षक–संयोजक डण्ड गुरुङको उपस्थिति थियो ।

२४औ र २५औ रोधीं साँझबाट संकलित रकमबाटै तमु धीं नेपालको नवनिर्मित भवनलाई १ लाख रुपैयाँ र म्युजियमलाई ५० हजार रुपैयाँ, धर्मकाय मण्डलालाई ६ लाख रुपैयाँ, बौद्ध अर्घौ सदन रामघाटलाई १ लाख रुपैयाँ, तमु कलाकार संघ केन्द्रलाई ५० हजार रुपैयाँ, तमु कलाकार संघ गण्डकीलाई ५० हजार रुपैयाँ, तमु सास्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको हो ।

सोही अवसरमा सञ्चारकर्मीले प्रकाशन गर्दै आएको गुरुङन्यूज डटकमको छापा संस्करण गुरुङ वर्ष पुस्तक अध्यक्ष लाला गुरुङले हस्तान्तरण गरेका थिए ।

सन् १९९५ मा स्थापित सो संस्थाले विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

यसअघि गुरुङन्यूज डटकम अनलाइन प्रकाशनका लागि तमुधिँ युकेको तर्फबाट १ लाख रुपैयाँ र हिरो अमेरिकाका अध्यक्ष कर्मा गुरुङबाट २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - २२:०८:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology