Logo

बुधवार, मंसिर ३ गते २०८३

images
२०८३, मंसिर ३ गते
images

काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने तयारी

काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने तयारी

images

इच्छाकामना न्युज

३, मंसिर २०८३
काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने तयारी
images

काठमाडौं। मुलुकको सङ्घीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अघि बढाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै राजधानीलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै २४ घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि तयारी भइरहेको जानकारी दिएका छन्।

यसअघि काठमाडौंका प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४ घण्टा खुला गरिएको थियो। विसं २०८१ वैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती क्षेत्र चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार काठमाडौंलाई चौबिसै घण्टा सञ्चालनयोग्य बनाउन भरपर्दो सुरक्षा व्यवस्थासहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्ती जस्ता न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको छ। त्यस्तै यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौं जिल्लाभित्रका व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत २४ घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने प्रशासनले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८३ बुधवार - १३:३३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology