Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बन्दीपुरको थुम्कामा ५० रोपनी क्षेत्रफलमा व्यवसायीक सयपत्री फूलको खेती

बन्दीपुरको थुम्कामा ५० रोपनी क्षेत्रफलमा व्यवसायीक सयपत्री फूलको खेती

इच्छाकामना न्युज

१९, कार्तिक २०८०
बन्दीपुरको थुम्कामा ५० रोपनी क्षेत्रफलमा व्यवसायीक सयपत्री फूलको खेती
images
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ५ स्थित थुम्कामा अहिले ढकमक सयपत्री फुल फुलेको छ । तिहार नजिकिए संगै रमणीय वातावरणमा सयपत्री फुल ढकमक फुलेको हो ।
 
थुम्का स्थित करिव ५० रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा ताम प्रसाद भट्ट नेत्र प्रसाद लामीछाने, नारायण लामीछाने लगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन ।
 
फूल फुल्न थालेपछि एक बिरुवाबाट करिव २ वटा माला तयार हुने पुष्प ब्यबसायी  भट्टकोे भनाई छ । एक बिरुवाबाट न्यूनतम ५० रुपियाँ आम्दानी गर्न सकिने उनको प्रारम्भिक अनुमान छ । प्रति मुठा न्युनतम ५० देखी प्रति माला न्युनतम २०० रुपियाँको दरले बिक्री गर्न सकिने छ ।
 
उनले व्यवसायीक रुपमा फूल उत्पादन गरेर आफैले मात्र  डेढ लाख  आम्दानी गरेका थिए । यस बर्ष पनि त्यही अनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ । सयपत्री फुल नेपालमा उत्पादन लागत भारतको तुलनमा धेरै पर्ने भएकाले सिजनका बेला छिमेकी मुलुक भारतबाट आउने सयपत्री फूलको मुल्य संग प्रतिष्पर्धा गर्न कठिन रहेको उनको भनाई छ ।

बिरुवा रोपेको ४ महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । स्थानिय बजारमा मात्र नभइ आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउन गराउदै आएको बताए ।
 
शनिबार बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले अवलोकन गर्दै आगामी दिनमा पुष्प ब्यबसायीहरुलाइ उत्पादनमा प्रोत्साहन गर्न गाउँपालीकाले बिरुवामा अनुदान दिने बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:४३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology