Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी स्थित मार्किचोक तिलबारीमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना

आँबुखैरेनी स्थित मार्किचोक तिलबारीमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना

इच्छाकामना न्युज

१६, माघ २०७७
आँबुखैरेनी स्थित मार्किचोक तिलबारीमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना

मार्किचोक, १६ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ मार्किचोक स्थित तिलबारीमा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ। हरेक वडामा एक आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको निति अनुरुप गाउँपालिकाले वडा नं. २ मार्किचोक स्थित तिलबारीमा आजदेखि आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो। 

images

IMG_9426.jpg
केन्द्रको एक समारोहका बिच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले समुद्घाटन गर्नुभएको छ। समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री चुमानले आँबुखैरेनीमा अब छिट्टै १५ बेडको आधारभुत अस्पताल समेत स्थापना गर्ने तयारी भैरहेको बताउनुभयो।
आजदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि मुल्य अभिवृद्वि कर सहित ५३ लाख ३८ हजार २९ रुपैयाँ ८६ पैसा कुल लागत गाउँपालिकाको खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कार्यक्रममा जानकारी दिनुभयो। उक्त केन्द्रको भवन खडादेवी निर्माण सेवाले असोज २७ गते निर्माण सम्पन्न गरेको थियो। आजैदेखि सेवा सुरु भएको केन्द्रमा तत्काल १ जना एच. ए., २ जना एन.एम र १ जना कार्यालय सहयोगी मार्फत सेवा प्रदान हुनुका साथै ३५ भन्दा बढि प्रकारका औषधीहरु पनि निःशुल्क उपलब्ध हुने प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो। 

IMG_9422.jpg
गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। यस्तै आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, नेपाल रेडक्रस सोसाईटिका प्रतिनिधी सोम बहादुर चितौरे लगाएतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा लोक दोहोरी गायक कमल सापकोटाले स्वास्थ सम्बन्धि गीत समेत प्रस्तुत गर्नुभएको थियोे।

IMG_9425.jpg

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १९:२०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology