Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा सवारी दुर्घटना न्यनिकरणको लागि जनचेतना कार्यक्रम

आँबुखैरेनीमा सवारी दुर्घटना न्यनिकरणको लागि जनचेतना कार्यक्रम

इच्छाकामना न्युज

१६, माघ २०७७
आँबुखैरेनीमा सवारी दुर्घटना न्यनिकरणको लागि जनचेतना कार्यक्रम

आँबुखैरेनी, १६ माघ । सवारी दुर्घटना न्यनिकरणको लागि तनहुँको आँबुखेरेनी बजारमा जनचेतनामुलक कार्यक्रमको शुभारम्भ गरिएको छ। ‘टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था विद्यालय र मिडियाको सहकार्यमा समुदाय प्रहरी साझेदारीमा आजदेखि कार्यक्रमको शुभारम्भ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले सवारी दुर्घटना र मृत्युदरको रेकर्ड प्रति चिन्ता व्यक्त गर्दै दुर्घटनालाई प्रसय दिने गतिविधी नगर्न आम सरोकारवाला समुदायलाई अनुरोध गर्नुभयो। स्थानीय तहले ट्राफिक व्यावस्थापन र दुर्घटना न्युनिकरणको लागि विगतमा पनि सहयोग गरेको र भविश्यमा पनि आवश्यकता अनुसार साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो। 

images

142655094_2855808107989043_1520732947027937010_n.jpg
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकास थापाले कार्यक्रमको औचित्यता माथि प्रकास पार्दै यस आवमा मात्रै यस क्षेत्रमा साना ठुला गरि ६९ वटा सवारी दुर्घटना भएको र सोही दुर्घटनामा परि ९ जनाले ज्यान गुमाउनु परेको बताउनुभयो। मंसिर र पुसमा मात्रै १६÷१६ का दरले दुर्घटना भएको तथ्य दिनुहुदै सवारी दुर्घटना हुने कारण बताउदै न्युनिकरणका लागि अपनाउनुपर्ने सावधानी बारे सरोकारवालाहरु प्रति अनुरोध गर्नुभएको थियो। राजमार्गमा पनि वडा नं. १, २, ३ र ४ मा नै चेतनामुलक कार्यक्रम गरिने पनि प्रनि थापाले जानकारी दिनुभयो। 
सवारी दुर्घटना न्युनिकरणको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी तथा ट्राफिक प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको अनुरोधको हाते पर्चा सवारी चालक र सर्वसाधारणलाई वितरण गरिएको थियो। 
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक विकास थापाले संचालन गर्नुभएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आले, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय संघसंस्थाका प्रतिनिधी, कर्मचारी, ट्राफिक प्रहरी, सामुदायीक प्रहरी, स्थानीय व्यापारी तथा सर्वसाधारणहरको सहभागीता रहेको थियो।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - २०:०४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology