Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ?

भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ?

इच्छाकामना न्युज

२९, कार्तिक २०८०
भाइटीकामा किन ओखर, मखमली र सप्तरङ्गी टीका अनिवार्य चाहिन्छ ?

काठमाण्डौँ । आज भाइटीका सबै जना भाइटीकाको तयारीमा लाग्नु भएको होला । भाइटीकामा छुट्टाउने नहुने केही कुराहरू छन् । जसमा बिमिरो, ओखर, सप्तरङ्गी टीका, भाइ मसला र मखमलीको माला । यी सामग्री तिहारमा किन महत्वपूर्ण मानिएका छन् त आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

images

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबो, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गर्छन् ।

ओखर र बिमिरो

तिहारमा अष्ठदल कमल पत्रमा लेखिएको थालमा यमराजको प्रतीक बिमिरो र ओखर राख्ने र पूरा गर्ने चलन छ। तिहारमा भाइटीका लगाउँदा नभई नहुने कुरा हुन्, ओखर र बिमिरो । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । यसरी ओखर फुटाउँदा दाजुभाइको कालको बाटो छेकिने विश्वास गरिन्छ । भाइटीकामा ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरू आफ्ना माइतीबाट टाढै रहुन् भन्ने पनि धार्मिक विश्वास छ ।

मखमलीको माला

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ। मखमली कहिल्यै ओइलाउँदैन, यो पृथ्वीमा धेरै फूल फुल्छन् तर कोहीको आयु एक घण्टाको मात्र पनि हुन्छ । त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्दछ । सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन । मखमली माला र दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले तिहारमा तेलको तीन पटक फेरा हालेर आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकाङ्क्षालाई प्रतिबिम्बित गर्दछ ।

सप्तरङ्गी टीका

तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकामा भावना मिसिएको छ । सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । तिहारमा अष्टचिरिञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर–केसरी आवश्यक हुन्छ । त्यसैले सप्तरङ्गी रंगहरु देख्दा हामीलाई तिहारको सम्झना आउने गर्छ ।

भाइ मसला

तिहारमा विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसाला भाइ मसला दिने चलन छ । दाजुभाइका लागि दिइने मसालाहरू स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाइ मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्दछ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०८० बुधवार - ०८:३१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology