Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना केवलकार संचालनको २५ वर्ष पूरा, पौने २ करोडले चढे केवलकार (हेर्नुस् भिडियो रिपोर्ट)

मनकामना केवलकार संचालनको २५ वर्ष पूरा, पौने २ करोडले चढे केवलकार (हेर्नुस् भिडियो रिपोर्ट)

इच्छाकामना न्युज

९, मंसिर २०८०
मनकामना केवलकार संचालनको २५ वर्ष पूरा, पौने २ करोडले चढे केवलकार (हेर्नुस् भिडियो रिपोर्ट)

चेरेश । गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनाकामना माईको मन्दिर जाने दर्शनार्थीहरुलाई मध्यनजर गर्दै देशमै पहिलो पटक संचालनमा आएको मनकामना केवलकार २६ औँ बर्षमा प्रवेश गरेको छ । वि.सं. २०५५ साल मंसिर ८ गतेदेखि व्यावसायीक रुपमा संचालनमा आएको मनकामना केवलकारले आजबाट सेवा संचालनको २५ बर्ष सफलता पूर्वक पुरा गरि २६ औँ बर्षमा प्रवेश गरेको हो । 

images

प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले वि.स. २०५३ सालमा  कम्पनी स्थापना गरि वि. सं. २०५४ साल माघको अन्तिम साताबाट केबलकार निर्माणको कार्य सुरु गर्नुभएको थियो । निर्माण थालिएको १० महिनापछि वि. स. २०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा केवलकार सञ्चालनमा आएको थियो । 

सुरुवाती बर्षमा वार्षिक २/३ लाख यात्रुहरुलाई सेवा दिदैँ आएको केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आइरहेको छ भने हरेक वर्ष यो संख्यामा वृद्वि हुदै गएको छ । यस वर्ष पनि केवलकारका यात्रु संख्यामा वृद्वि हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताउनुभयो । २५ औं वार्षिकोत्सवको अवसरमा चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार (चेरेस) स्थित बटम स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी गराउदै यस वर्ष १२ लाख ५० हजार यात्रुलाई केवलकारले सेवा दिने लक्ष्य लिएको उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा अहिलेसम्म २५ वर्षको अवधिमा १ करोड ८० लाख ९३ हजार यात्रुले केवलकारको सेवा लिएको उहाँले बताउनुभयो । 

केबलकार सञ्चालन पश्चात प्रसिद्ध धार्मिक स्थल मनकामनाका साथै आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य बनेको र यस क्षेत्र भारत लगायत विश्वरभरमा महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित भएको सञ्चालक श्रेष्ठको भनाई छ । उहाँका अनुसार यहाँ आउने पर्यटक मध्ये २५ प्रतिशतको हाराहारीमा भारतीय पर्यटक रहने गरेका छन् ।

संचालक श्रेष्ठले  मनकामना  दर्शन प्रालिले मनकामना आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गलाई सहयोग गर्दै आएको पनि बताउनुभयो । विनाशकारी गोरखा भूकम्पपछि पश्चिम गोरखाका ७–८ स्थानीय तहलाई कम्पनीले राहत उपलब्ध गराएको थियो ।

सामाजिक व्यवसायिक उत्तरदायित्व नीति अनुसार कम्पनीले केवलकार टिकट आम्दानीको कुल रकमको १÷१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम गोरखाको  शहिद लखन गाउँपालिका र चितवनको  इच्छाकामना गाउँपालिकालाई  वर्षेनी सहयोग गर्दै आएको उहाँले बताउनुभयो । 

 सञ्चालक श्रेष्ठले एक वर्षमा २ करोड हाराहारीमा आयकर तिर्दै आएको बताउनुभयो  । केबलकारबाट गत आर्थिक वर्षसम्ममा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ राजस्वमा योगदान गरेको छ । पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेवापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई बिहीबार सम्मानित समेत गरेको थियो।

यस्तै वार्षिकोत्सवको अवसरमा मनकामना केवलकारले आज बटम स्टेशनको प्राङ्गणमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

पूर्ण डिजिटल प्रविधिमा स्तरोन्नती गरिने

यसैबिच मनकामना केबलकारलाई पूर्ण डिजिटल प्रविधिमा स्तरोन्नती गरिने भएको  छ । २५ बर्ष पुगिसकेको हालको  एनालग  प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्प्रेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै यस प्रविधिलाई हालकै नविनतम डिजिटल प्रविधिमा  स्तारोन्नती गर्ने भएको हो ।  हाल पहिलो चरणको काम सन् २०२१ मा सम्पन्न भइसकेको र बाँकी काम  सन् २०२४ को भदौ÷असोज महिना सम्ममा सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो । स्तरोन्न्ती गर्न रु. ४५ करोड लगानी हुने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार अबको चरणमा कन्ट्रोल सिस्टम, कम्यूनिकेशन केबलका साथै केबलकारको लठ्ठा फेरिने छ । 

यसैबिच  मनकामना केबलकारहाताभित्र  सुविधा सम्पन्न रिर्सोट सञ्चालन गर्ने भएको छ । हाल निर्माण कार्य भइरहेको ४० कोठाको रिर्सोटमा  स्वीमिङ पुल,हेल्थ क्बल, सभा सेमिनार हल, र रेष्टुरेन्ट सुविधा रहने श्रेष्ठले बताउनुभयो । मनकामना दर्शन प्रालिबाट सञ्चालन हुने यस रिर्सोटका लागि  ५५करोड रुपैयाँ लागने अनुमान रहेको  उहाँले बताउनुभयो । सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने उहाँको भनाई छ ।  

images
प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - ०९:१५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology