Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी गाउँपालिकामा ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ

गण्डकी गाउँपालिकामा ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ

इच्छाकामना न्युज

१४, मंसिर २०८०
गण्डकी गाउँपालिकामा  ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ
images


गोरखा – ज्यान मार्ने उद्योगमा प्रहरीले गोरखाको गण्डकी गाउँपालिका वडा न १ मकैसिङ बुटारका २६ वर्षीय विमला चेपाङलाई पक्राउ गरेको छ ।  विहिबार गण्डकी गाउँपालिका–१ कोलडाँडाका २४ वर्षीय सागर गुरुङलाई ज्यान मार्न सुनियोजित ढंगले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका प्रहरीले जनाएको छ ।

images
images

साथै सोही घटनामा संलग्न रहेको आरोपमा चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङ्गका २५ वर्षीय मन्दिप चेपाङ विरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । हाल फरार रहेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पिडितका आफन्तले दिएको जाहेरीको आधारमा पिडक मध्यका बिमला चेपाङलाई आइतबार पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी विमला चेपाङ विरुद्ध सोमबार ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । उनलाई जिल्ला अदालतबाट हिरासतमा राखी म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १७:०६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology