Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकी गाउँपालिका चौथो रनिङ शिल्ड प्रतियोगिता मंसिर २१ देखि हुने, उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रालाई १ लाखको छात्रवृत्ती

गण्डकी गाउँपालिका चौथो रनिङ शिल्ड प्रतियोगिता मंसिर २१ देखि हुने, उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रालाई १ लाखको छात्रवृत्ती

इच्छाकामना न्युज

१७, मंसिर २०८०
गण्डकी गाउँपालिका चौथो रनिङ शिल्ड प्रतियोगिता मंसिर २१ देखि हुने, उत्कृष्ट प्रदर्शन गर्ने छात्र तथा छात्रालाई १ लाखको छात्रवृत्ती

भुम्लिचोक । गण्डकी गाउँपालिका चौथो रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २१ देखि २३ गतेसम्म आयोजना हुने भएको छ । अघिल्लो वर्ष वडा नं ५, दर्बुङमा आयोजना भएको खेलकुद प्रतियोगिता यस वर्ष भने वडा नं ७ घ्याल्चोक स्थित गाउँपालिकाको एकमात्र नमुना विध्यालय श्री ज्ञानमार्ग मा.वि मा आयोजना हुने भएको छ ।

images

प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न ११ माध्यमिक विध्यालयहरु विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको तेस्रो संस्करण वडा नं ८ स्थित सुर्योदय मा.वि.ले जितेको थियो भने सुर्योदय मा.विले लगातार तिन संस्करण समेत जित्दै रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै आएको अवस्थामा यस वर्षको रनिङ शिःड थप रोमाञ्चक हुने प्रक्षेपण गरिएको छ ।

यससँगै गाउँपालिका कार्यापालिकाले यस वर्ष रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित धेरै पदक ल्याउने एक छात्र तथा एक छात्रालाई जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ ।

यस छात्रवृत्तिबाट खेल कौशलमा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थी भाईबहिनीहरुलाई थप उर्जा मिल्ने गाउँपालिका कार्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थी भाई बहिनिहरुलाई जिल्ला तथा  प्रदेशमा समेत प्रतिनिधित्व गर्दै खेल्ने अवसर प्राप्त हुने हुदाँ सम्पूर्ण विध्यार्थीहरुलाई सजग, अनुशासित तथा उत्कृष्ट खेल प्रदर्शन गर्न समेत गाउँपालिका परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - ०९:५५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology