Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकी गाउँपालिकाका २८ सहित गोरखामा ७ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाए

गण्डकी गाउँपालिकाका २८ सहित गोरखामा ७ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाए

इच्छाकामना न्युज

१७, माघ २०७७
गण्डकी गाउँपालिकाका २८ सहित गोरखामा ७ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाए

गोरखा १७, माघ । गोरखा जिल्लामा गण्डकी गाउँपालिकाका २८ जना सहित ७ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। माघ १५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको गोरखामा आजसम्म ७ सय ३४ जनाले लगाएका हुन्। 
जिल्लामा आज मात्रै १३८ जना पुरुष र ५२ जना महिलाले कोरोना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
जस अन्र्तगत ९९ जना स्वास्थ्यकर्मी, ६४ महिला स्वास्थ्य स्वयमसेबिका २८ जना कार्यालय सहयोगी रहेको उहाँको भनाई छ । आज खोप लगाउनेहरुमा जिल्लाको सिरानचोक गाउँपालिका ४६ जना, धार्चे गाउँपालिकाका ७ जना, चुमनुव्री गाउँपालिकाका ३ जना, अजिरकोट गाउँपालिका १९ जना रहेका छन्। त्यस्तै भीमसेन थापा गाउँपालिका १ जना, आरुघाट गाउँपालिकाका ४० जना, गण्डकी गाउँपालिका भित्रका २८ जना र गोरखा नगरपालिकाका २३ जनाले पनि कोरना बिरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा हिजो सवैभन्दा धेरै २ सय ६९ जनाले एकैदिन कोरोना बिरुद्धको खोप लगाएका थिए । जिल्लामा कोरोना खोप लगाउनेहरुमा जटिल समस्या नदेखिएको भएपनि धेरैमा सामान्य ज्वरो आउने लगायत सामान्य समस्या भने पाइएको जनाइएको छ ।

images

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १९:२६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology