आँवुखैरेनी १८ माघ । नेपाल शिक्षक महासँघ आँवुखैरेनी गाउँपालिकाको सँयोजकमा प्रकाश भण्डारी चयन भएका छन् । आँवुखैरेनी गाउँपालिका स्थित अकला मन्दिर परिसरमा शनिबार भएको शिक्षकहरुको भेलाले भण्डारीलाइ सँयोजक चयन गरेको हो । शिक्षक महासंघ तनहुँका सह–संयोजक समेत रहेका भण्डारीको अध्यक्षतामा भएको भेलाले भण्डारीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सदस्यहरुमा अखिल नेपाल शिक्षक सँगठन, नेपाल राष्ट्रीय शिक्षक सँगठन र नेपाल शिक्षक सँघका अध्यक्ष र सचिव गरी छ जना सदस्यहरु रहेका छन्। आँवुखैरेनी गाउँपालिका भित्रको शिक्षाको विकाससँगै शिक्षकहरुको पेशागत हितका लागि महासंघले काम गर्दै आएको छ । समितिले शिक्षकहरुको बृहत भेला गरी महासंघको अधिवेशन गर्ने जिम्मेवारी समेत पाएको भेलामा सहभागी एक शिक्षकले जानकारी दिए ।