Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको पुलजीपबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

आँबुखैरेनीको पुलजीपबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

आँबुखैरेनीको पुलजीपबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा लागुऔषधसहित दुई जना पक्राउ परेका  छन् । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी २ स्थित ट्राफिक पोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा झापाको कन्काई नगरपालिका ३ का बर्ष ३३ को अनिरुद्र  मिश्र र पोखरा महानगरपालिका  १४ का  ३९ बर्षिय यम बहादुर विक पक्राउ परेका हुन् । 

images

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार बुधबार मुग्लिनबाट आँबुखैरेनी तर्फ जादैँ गरेको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा कालो रङको पोलिथिन झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अनिरुद्र मिश्रको साथबाट २४ ग्राम ५७० मिलिग्राम खैरो हिरोइन (ब्राउन सगुर) जस्तो देखिने  धुलो पदार्थ बरामद गरिएको हो । साथै उक्त कार्यमा संलग्न यम बहादुर विकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

उनीहरुलाई आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट थप अनुसान्धना  कार्य भइरहेको प्रहरीले जनाएको छ  । 

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - २१:१८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology