Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधी यात्रामा धक्का 

बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधी यात्रामा धक्का 

एजेन्सी

१८, माघ २०७७
बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधी यात्रामा धक्का 
images

म्यानचेस्टर युनाइटेडले पछिल्ला चार प्रिमियर लिग खेलमध्ये तेस्रोमा अङ्क गुमाउने क्रममा आर्सनलसँग इमिरेट्स मैदानमा गोलरहित बराबरी खेलेको छ । युनाइटेडका लागि स्ट्राइकर इडिन्सन काभानीले खेलको अन्त्यतिर गोलका दुई राम्रा अवसर सृजना गरे पनि गोल हुन सकेन । जारी सिजन अवे मैदानमा अपराजित यात्रालाई कायम राख्न सफल भए पनि यो बराबरीले म्यानचेस्टर युनाइटेडको उपाधि यात्रामा धक्का लागेको छ । 
युनाइटेडको २१ खेलबाट ४१ अङ्क भएको छ । हिजो साँझको खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडमाथि १–० को जित हासिल गरेको थियो । एक खेल कम खेलेको सिटीले शीर्ष स्थानमा स्पष्ट तीन अङ्कको अग्रता लिएको छ । प्रिमियर लिग अङ्क तालिकाको पुछारमा रहेको टोली शेफिल्डमाथि इथिहाड रंगशालामा सिटीका लागि गाव्रियल जेससले निर्णायक गोल गरेका थिए । योसँगै जारी लिगमा सिटीको जितयात्रा १२ खेलसम्म पुगेको छ ।

images
images

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:४१:१८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology