Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रियल मड्रिड लेभान्टेसँग २–१ ले स्तब्ध 

रियल मड्रिड लेभान्टेसँग २–१ ले स्तब्ध 

एजेन्सी

१८, माघ २०७७
रियल मड्रिड लेभान्टेसँग २–१ ले स्तब्ध 
images

स्पेनीस ला लिगामा रियल मड्रिड लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ । जारी सिजनमा रियालको पछिल्ला पाँच खेलमा यो तेस्रो हार हो । यो हारले रियललाई शिर्ष स्थानको एट्लेटिकोसँग दुरी कम गर्ने मौका गुमेको छ । 
१० खेलाडीमा झरेको रियलले सुरुवाती अग्रता जोगाउन सकेन । खेलको नौं मिनेटमा नै रियाल १० खेलाडीमा झर्न पुग्यो । उसका इडेर मिलिटाओ रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । १३ औं मिनेटमा नै मार्को एसेन्सियोको गोलमा रियलले अग्रता बनाएको थियो । तर ३२ औं मिनेटमा लेभान्टेले खेल बराबरी गर्न सफल भयो । उसका लागि मोरालेसले गोल गर्न सफल भए । 
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा लेभान्टेले रियललाई स्तब्ध पार्दै अग्रता बनायो । उसका लागि रोजर मार्टीले गोल गरे । त्यसपछि रियाल खेलमा फर्कन सकेन र पराजित भयो । यो हारपछि रियलले शिर्ष स्थानको एट्लेटिकोसँगको दुरी कम गर्ने अवसर गुमाएको छ । एट्लेटिकोको १८ खेलमा ४७ अङ्क छ भने रियालको ४० अङ्क छ ।

images
images

 

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:४३:०० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology