Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

कुरिनटारमा मध्यराती ट्रकले स्कुटरलाई ठक्कर दियो, फिस्लिङका अर्जुन श्रेष्ठ घाईते

कुरिनटारमा मध्यराती ट्रकले स्कुटरलाई ठक्कर दियो, फिस्लिङका अर्जुन श्रेष्ठ घाईते

images

इच्छाकामना न्युज

१८, माघ २०७७
कुरिनटारमा मध्यराती ट्रकले स्कुटरलाई ठक्कर दियो, फिस्लिङका अर्जुन श्रेष्ठ घाईते
images

कुरिनटार, १८ माघ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । शनिबार राति करिब ११ः२५ बजेको समयमा काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकले विपरित दिशातर्फ जादै गरेको बा ६२ प ३१५० नम्बरको स्कुटरलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मुग्लिनले प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइेत हुनेमा इच्छाकामना गाउपालिका वडा नं। ३ फिस्लिङ बजारका वर्ष २५ को अर्जुन श्रेष्ठ रहेका छन् । उन्को उपचारको लागि वि एण्ड वि हस्पिटल काठमाण्डौ लगिएको छ भने ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।
त्यस्तै मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत ९ किलो भन्ने स्थानमा मुग्लिन तर्फ आउदै गरेको ना ४ ख ९४१९ नम्बरको ट्याङ्कर सडकमा पल्टदा राजमार्ग एकतर्फी बनेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:५३:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology