Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गुरुङ समुदायले आज तमू ल्होसार मनाउदै, देशभर सार्वजनिक बिदा

गुरुङ समुदायले आज तमू ल्होसार मनाउदै, देशभर सार्वजनिक बिदा

इच्छाकामना न्युज

१५, पौष २०८०
गुरुङ समुदायले आज तमू ल्होसार मनाउदै, देशभर सार्वजनिक बिदा
images

काठमाण्डौ । गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसारको रौनक विशेष हुने गर्छ।

images
images

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

images
प्रकाशित मिति :पौष १५, २०८० आइतवार - ०८:१८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology