Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

दुबई जान लागेका एक जना स्रोत नखुलेको १० लाख सहित पक्राउ

दुबई जान लागेका एक जना स्रोत नखुलेको १० लाख सहित पक्राउ

इच्छाकामना न्युज

१८, माघ २०७७
दुबई जान लागेका एक जना स्रोत नखुलेको १० लाख सहित पक्राउ
images

काठमाण्डौं, १८ माघ । 
दुबई जान लागेका एक जना स्रोत नखुलेको १० लाख रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।
 नेपाल एअरलाइन्सको उडानबाट दुबई जान लागेका काठमाण्डौको कलङ्की घर भएका आशिष खातीलाई विमानस्थलको एक्सरे क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । खातीको साथमा रहेको १० लाख रुपैयाँको स्रोत नखुलेको र अवैध रूपमा विदेश लैजान लागेको गरि दुई वटा कसुर देखिएको प्रहरीले जनाएको छ ।
उनलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।  

images
images

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - १६:५४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology