Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

त्रिभुवन विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

त्रिभुवन विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

पत्रपत्रिका

१९, माघ २०७७
त्रिभुवन विश्वविद्यालयमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाण्डौं, १९ माघ ।
 त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

images

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले जानकारी दिनुभयो ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।

 

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०९:४८:०२ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology