आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा निःशुल्क पशुबिमा कार्यक्रम लागु भएको छ । गाँउपालिकाले पालिकाको वडा नं. ५ बाट यो कार्यक्रम लागु गरेको हो ।पालिका भरी यो कार्यक्रम अगाडी बढ्ने गाँउपालिकाले जनाएको छ ।
पालिकाक्षेत्र भित्र बसोबास गरी पशुपालनमा संलग्न रहेका कृषकहरुले पाल्दै आएका पशुहरुको अचानक हुने मृत्युको क्षतिबाट जोगाई आर्थिक नोक्सानी न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
अध्यक्ष चुमानका अनुसार कृषकको आर्थिक तथा सामाजिक हैसियत सबल तथा सक्षम बनाउन आँबुखैरेनी गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नं ५ बाट निः शु्ल्क पशु बिमा कार्यक्रम सुरु गरिएको हो ।
आँबुखैरेनी गाँउपालिकाको पृथ्वीराजमार्ग आसापासमा दुग्धजन्य पदार्थको लागि र माथिल्लो भागमा मासुका लागि पशुपालन ब्यववसयाीक रुपमा अगाडी बढाएको हो ।