Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मलेखुस्थित बागेश्वरी माविको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

मलेखुस्थित बागेश्वरी माविको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

इच्छाकामना न्युज

२९, पौष २०८०
मलेखुस्थित बागेश्वरी माविको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

मलेखु । धादिङको बागेश्वरी माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ ।

images

शनिबार एक भव्य समारोहको बिच वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार स्थित रहेको बागेश्वरी माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष एवंम ३ नम्बर वडाका वडा अध्यक्ष भुवन त्रिपाठीको सभाध्यक्ष बागमती प्रदेशका सांसद माया देवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशेष अतिथिको रुपमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष थपलियाले शैक्षिक क्षेत्रको बिकासमा गाउँपालिकाले महत्पुर्ण योजनाहरु छनोट गरेर लागु गरिरहेको बताउनुभयो । देश निर्माणको कर्णदारको रुपमा रहेको वालवालिका तथा युवाको भविष्य उज्वल बनाउन सबैपंक्ति स्थानीय सरकारसंग हातेमालो गर्न आग्रह गर्नुभयो ।

विद्यालय शिक्षक शिक्षिका भन्दा पहिलो पाठशाला घर नै भएकाले आफ्नो नानीबाबुहरुको शैक्षिक उपलब्धिबारे सधैँ चिन्ता र चासोको रुपमा अभिभावकले लिनुपर्ने स्पष्ट पार्नुभयो । सामाजिक अपराध,कानुन विपरितका कृयाकलापमा संलग्न हुन सक्ने वातावरणबाट मुक्त गर्न विद्यालय अभिभावकको निरन्तर समन्वय सहकार्य हुनुपर्ने बताउनुभयो । कुनै पनि विद्यार्थीले आर्थिक अभाव कै कारण विद्यालय जान नसक्ने वातावरण भए तत्काल गाउँपालिकाले सम्बोधन गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

IMG_3443-1536x874.jpg

त्यस्तै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले गाउँपालिकामा अध्ययनरत दश हजार भन्दा बढि विद्यार्थीलाई कसरी हरेक क्षेत्रबाट अब्बल दर्जामा स्थापित गर्न सकिन्छ भन्ने चासो र चिन्ता गाउँपालिकाको रहेको स्मरण गराउँदै समूदाय र व्यवाहारिक शिक्षामा गाउँपालिका नयाँ ढङगले अगाडि बढिरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथि एवंम बागमती प्रदेशसभाका सांसद मायादेवी शर्माले बागेश्वरी माध्यमिक विद्यालयले उत्पादन गरेको विद्यार्थी सिङगो राष्ट्रको समेत गहना भएको बताउनुभयो ।

विभिन्न आरोह अवरोह पार गर्दै ६४ औँ वर्ष पुरा गरि ६५ औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण विद्यार्थी अभिभावक, शिक्षक शिक्षिकालाई सफल्ताको प्रगतीको शुभकामना व्यक्त गर्नुभयो । स्थापना कालदेखि नै विद्यालयसंग नजिक रहेर काम गरिरहेको अनुभव स्मरण गर्दै सांसद शर्माले विद्यालयको लागि अझैपनि भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षिका सर्मिला परियारले सञ्चालन गरिएको उक्त कार्यक्रममा गजुरी गा.पा वडा २ का वडा अध्यक्ष द्रोण कँडेल,वेनीघाट रोराङ ४ र ६ का वडा अध्यक्षहरु,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,समाजसेवी,पुर्व विव्यस अध्यक्ष तथा सदस्य,पुर्व जनप्रतिनिधी,विभिन्न पार्टीका प्रतिनिधी,पत्रकार लगायत शिक्षक विद्यार्थी अभिभावकहरुको उल्लेख्य सहभागी रहेको थियो । २०१७ सालमा स्थापना भएको विद्यालयमा करिव १३ सय विद्यार्थी नियमित रुपमा अध्ययन गर्ने गर्दछ ।

 

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - ०९:५१:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology