Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीका ४ का विपन्न, असहाय, अपाङ्ग र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

आँबुखैरेनीका ४ का विपन्न, असहाय, अपाङ्ग र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इच्छाकामना न्युज

१७, माघ २०८०
आँबुखैरेनीका ४ का विपन्न, असहाय, अपाङ्ग र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बेनिटार । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का विपन्न, असहाय, अपाङ्ग र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बुधबार वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरेको हो ।

images

423062629_765017821657990_5266209272660957499_n.jpg

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गतको बजेटबाट खरिद गरि न्यानो कपडा वितरण गरिएको आँबुखैरेनी ४ का वडाध्यक्ष मिलन भुजेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका २० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

422560171_967288911451847_4480617915849159864_n.jpg

न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, वडाध्यक्ष मिलन भुजेल, वडासदस्य प्रेम गुरुङ, नेपाली काँग्रेस आँबुखैरेनीका कार्यवाहक सभापति विजय गुरु लगायतको उपस्थिति रहेको थियो । 

420587944_438681525149712_7624089645150670263_n (1).jpg

422549013_1423414151904867_1303537085887341805_n.jpg

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - २२:३५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology