Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ

चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ

एजेन्सी

२०, माघ २०७७
चीनमा कोरोना  भाइरसको नक्कली खोप बनाएको आरोपमा ८० भन्दा धेरै पक्राउ
images

काठमाण्डौं, २० माघ ।
कोरोना भाइरस (कोभिड–१९) को नक्कली खोप बनाएको आरोपमा चीनको तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ ।
स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ ।  न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको अधिकारीहरूले बताएका छन् ।  

images
images

चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।   

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - १९:२७:३० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology