Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय 

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय 

एजेन्सी

२१, माघ २०७७
रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय 
images

काठमाण्डौं, २१ माघ ।
रुसको अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा अभियानकर्मी हुनुहुन्छ । बीबीसीका अनुसार नाभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षको जेल सजाय सुनाएका हुन् । 
जेल सजाय सुनाइएपछि नाभाल्नीले राष्ट्रपति पुटिनलाई आफूले चुनौति दिएको र आफ्नो आवाज दबाउनका लागि जेल पठाइएको प्रतिक्रिया दिनुभएको छ । यसअधि नाभाल्नीमा स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग भएको थियो । उहाँ महिनौंसम्म जर्मनीमा उपचार गरेर रुस फर्किनुभएको थियो । त्यसलगत्तै उहाँलाई पक्राउ गरि जेल चलान गरियो । 
नाभाल्नीलाई पक्राउ गरेदेखि नै रुसमा विरोध प्रदर्शन हुँदै आएको छ । नाभाल्नीलाई सजाय सुनाइएपछि उहाँका समर्थकले विरोध ¥यालीको आयोजना गरेका थिए । 
प्रतक्ष्यदर्शीका अनुसार त्यसक्रममा करिब तीन सयलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । ब्रिटिस विदेश मन्त्रालयका प्रवक्ताले यसलाई अनुचित बताएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्रीले पनि यसबारेमा प्रतिक्रिया दिएका छन् ।

images
images

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १०:४३:०७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology