Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर रानाको निधन

इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर रानाको निधन

इच्छाकामना न्युज

२१, माघ २०७७
इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर रानाको निधन
images

कुरिनटार, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर राना मगरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा गएराती निधन भएको हो। उपचारको क्रममा वडाध्यक्षको निधन भएपछि अहिले गाउँपालिकाको आकस्मिक बैठक बसिरहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो। अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ जना जनप्रतिनिधिको निधन भएको छ। यस अघि गाउँपालिकाको वडा नं. २ को वडासदस्य खिर बहादुर चेपाङको निधन भएको थियो।

images
images

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १२:१३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology