आँबुखैरेनी, २१ माघ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थीत रामशाह माविमा थप विद्यालय भवनको शिलन्यास गरिएको छ। आज एक कार्यक्रमको बिच प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले भवन शिलन्यास गर्नुभएको हो।

नेपाल सरकारको संघिय अनुदानमा निमार्ण गर्न लागिएको उक्त भवनको न्यु ड्रागन अर्वीट इन्जिनियरिङ जे.भि कम्पनी काठमाण्डौले १ करोड ७१ लाख ५५ हजारमा २०७८ भदौ ५ गते सम्म कार्य सम्पन्न गर्ने सम्झौता गरेको छ।

भवन ५ तल्लाको रहेपनि चालु आर्थिक वर्षमा ३ तल्ला मात्र निमार्ण हुने भएको छ।
नमुना विद्यालयमा पर्ने यस रामशाह माविमा नयाँ भवन निमार्ण सम्पन्न भएपछि धेरै कुरामा सहज हुने विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताउनु भयो।
प्र.अं लामिछानेका अनुसार भवन निमार्ण भएपछि प्राविधिक संकायका विद्यार्थीका लागि कार्यशाला, प्रयोगशाला, विषयगत संकायका व्यवस्थित पुस्तकालय, शिक्षकका लागि सुविधा सम्पन्न कार्यलय, शैक्षिका गतिविधिको लागि सुविधाजनक हलका साथै बैठक, सेमिनार हलको रुपमा प्रयोग हुनेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर केशिको सभापतित्वमा सम्पन्न शिलन्यास कार्यक्रममा गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष पुर्ण बहादुर आले, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेल, विभिन्न राजनितिक दलका प्रतिनिधि , भुतपुर्व व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, स्थानिय समाजसेवी, वुद्धिजिविहरु लगायतको सहभागिता रहेको थियो।
