Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

धादिङको मझिमटारमा अवस्थित शंखादेवी माविमा आवासिय छात्रावास भवनको शिलान्यास

धादिङको मझिमटारमा अवस्थित शंखादेवी माविमा आवासिय छात्रावास भवनको शिलान्यास

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८०
धादिङको मझिमटारमा अवस्थित शंखादेवी माविमा आवासिय छात्रावास भवनको शिलान्यास
images

मझिमटार ।  धादिङको वेनिघाट रोराङ ९ मझिमटारमा अवस्थित श्री शंखादेवी माध्यमिक विद्यालयमा आवासिय आवासिय छात्रावासको भवन निर्माण सुरु भएको छ । आज गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया‘ विवेक’ले  शिलान्यास गरेका हुन्  । 
 वागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट उपलब्ध रु एक करोडको लागतमा ४ कोठे भवन बन्ने भएको हो ।

शिलान्यास कार्यक्रममा वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवी बहादुर खड्का,वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ सिलवाल,‘राजेन्द्र’, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका निमित्त प्रधानाध्यापक तीलक बहादुर चेपाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक वहादुर मल्ल ,शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद देवकोटा,शिक्षक विद्यार्थी अभिभावकहरुको  उपस्थिति रहेका थिए । 

यस विद्यालयमा विगत ४ बर्षदेखि  विद्यालयमा आवासिय रुपमा होस्टेल सञ्चालन हुदैँ आएको छ ।  हाल १६० जना छात्रा÷छात्र यस विद्यालयमा आवासिय रुपमा बस्दै आएका  छन् । 

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - २२:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology