Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वडाध्यक्षको निधन प्रति शोक व्यक्त गर्दै भोली इच्छाकामना गाउँपालिका र मातहतका कार्यालय बन्द हुने

वडाध्यक्षको निधन प्रति शोक व्यक्त गर्दै भोली इच्छाकामना गाउँपालिका र मातहतका कार्यालय बन्द हुने

images

इच्छाकामना न्युज

२१, माघ २०७७
वडाध्यक्षको निधन प्रति शोक व्यक्त गर्दै भोली इच्छाकामना गाउँपालिका र मातहतका कार्यालय बन्द हुने
images

कुरिनटार, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु भोली एक दिन बन्द हुने भएको छ। गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्ष होम बहादुर राना मगरको निधन भएको प्रति शोक व्यक्त गर्दै गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरु भोली एक दिन बन्द हुने भएको हो।
कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका वडाध्यक्ष रानाको उपचारकै क्रममा मंगलबार भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा निधन भएको थियो। वडाध्यक्ष रानाको निधन भएपछि इच्छाकामना गाउँकार्यपालिकाको आज बसेको आकस्मिक बैठकले शोक व्यक्त गर्दै शोकमा भोली एकदिन कार्यालय बन्द गर्ने निर्णय गरेको हो। 
गाउँपालिकाले सूचना निकालेरै भोली गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द हुने जानकारी दिएको छ। 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १८:५६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology