Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीको मित्रता मावि : विद्यार्थीलाई दिन्छन् छात्रवृत्तिमा बाख्राको पाठी

आँबुखैरेनीको मित्रता मावि : विद्यार्थीलाई दिन्छन् छात्रवृत्तिमा बाख्राको पाठी

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८०
आँबुखैरेनीको मित्रता मावि : विद्यार्थीलाई दिन्छन् छात्रवृत्तिमा बाख्राको पाठी
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ।

छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो।

विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए।

नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए।

'विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरू गरिएको हो। पैसा दिँदा खर्च हुने र अर्को वर्ष पनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ। पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौं,' उनले भने।

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको छ।

विद्यालयमा स्थापना गरिएको दुइटा छात्रवृत्ति कोषबाट प्राप्त २१ हजार रूपैयाँमा तीनवटा उन्नत बाख्राको पाठी किनिएको उनले बताए।

'बोर र जमुनापारी जातका बाख्राको पाठी उपलब्ध गराएका हौं। विद्यार्थी र अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास छ,' उनले भने।

उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको हो। 

छात्रवृत्ति वितरण प्रभावकारी र दिगो बनाउन, दीर्घकालीन रूपमा आयआर्जनसँग जोड्न सुरू गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

'यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ,' उनले भने।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८० शनिवार - २२:३९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology