Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जिल्ला आयुर्वेद तनहुँद्वारा आँबुखैरेनीमा जीवनशैली परिवर्तन र योगबारे २ दिने कार्यक्रम

जिल्ला आयुर्वेद तनहुँद्वारा आँबुखैरेनीमा जीवनशैली परिवर्तन र योगबारे २ दिने कार्यक्रम

इच्छाकामना न्युज

२१, माघ २०७७
जिल्ला आयुर्वेद तनहुँद्वारा आँबुखैरेनीमा जीवनशैली परिवर्तन र योगबारे २ दिने कार्यक्रम

आँबुखैरेनी, २१ माघ । तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन र योगबारे २ दिने प्रशिक्षण सुरु भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा आबुखैरेनीमा आजदेखि स्वास्थ्य प्रवद्र्धनका लागि जीवनशैली परिवर्तन र योगबारे २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
कार्यक्रमको पहिलो दिन आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्य र केन्द्रका प्रमुख डा. राम प्रवोध मण्डलको अध्यक्षतामा कार्यक्रमको सुरुवात गरिएको थियो भने कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलको पनि सहभागिता रहेको थियो। 
यस्तै वरिष्ठ कविराज निरिक्षक वलभद्र वाग्लेले कार्यक्रमको बारे प्रकाश पारेका थिए। विभिन्न क्षेत्रका करिब ३५ जना सहभागी कार्यक्रममा नसर्ने रोग व्यवस्थापन सम्बन्धि प्रशिक्षण, मधुमेह, मुटुरोग, मोटोपन, श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी जानकारीका साथै योगको सामान्य अभ्यास समेत गराईएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो। 

images

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:३२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology