Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको भाँगे गाउँमा पनि बन्ने भयो आधारभुत स्वास्थ्य केन्द्र 

आँबुखैरेनीको भाँगे गाउँमा पनि बन्ने भयो आधारभुत स्वास्थ्य केन्द्र 

इच्छाकामना न्युज

२१, माघ २०७७
आँबुखैरेनीको भाँगे गाउँमा पनि बन्ने भयो आधारभुत स्वास्थ्य केन्द्र 

आँबुखैरेनी, २१ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित भाँगे गाउँमा पनि आधारभुत स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ। भाँगे गाउँमा स्वास्थ्य केन्द्र स्थापनाका लागि गाउँपालिकाले आज भवन निर्माणको शिलान्यास गरेको छ। केन्द्रको भवन निर्माणका लागि शिलान्यास भएसँगै भाँगेमा पनि स्वास्थ्य केन्द्र स्थापना हुने पक्का भएको हो। 

images

145855477_457045085675780_1504087027597941580_n.jpg
उक्त केन्द्रको निर्माण हुन लागेको भवनको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले शिलान्यास गर्नुभएको छ। केन्द्रको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष थापाले अब गाउँपालिकाको हरेक वडामा स्वास्थ्य केन्द्रको स्थापना गरी नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराईने बताउनुभयो।
यस्तै गाउँपालिकाको ३२ लाख ७२ हजार ७ सय ४१ रुपैयाँ ४० पैसाको लागतमा आगामी असार २ गते भित्र स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो। अधिकृत पोखरेलका अनुसार ४ कोठाको आरसिसी भवन निर्माण हुनेछ। भवन निर्माणको ठेक्का साथी कन्स्ट्रक्सन पुतलीसडक काठमाण्डौले पारेको छ। 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:३५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology