Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७३ औं जन्मदिन मनाउँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७३ औं जन्मदिन मनाउँदै

इच्छाकामना न्युज

११, फाल्गुण २०८०
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७३ औं जन्मदिन मनाउँदै
images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउँदैहुनुहुन्छ ।

images
images

विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउन लाग्नुभएको हो ।

७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नुभएको छ ।

उहाँले कसैलाई पनि केक बोकेर नआउन आग्रह गर्नुभएको छ । धेरै धुमधामसँग पनि जन्मदिन नमनाउने उहाँको भनाइ छ । उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘साथीहरु आएर शुभकामना दिनुहुन्छ त्यति हो ।’

विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०२८ सालको झापा आन्दोलनका क्रममा उहाँ सोही वर्ष जेल पर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओलीले विसं २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएको थियो ।

ओली २०७१ सालमा पार्टीको नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ मंसिरमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित हुँदै पार्टीको नेतृत्व गरिरहनुभएको छ ।

अध्यक्ष ओली तीन पटक तीन पटक प्रधानमन्त्री हुनुभइसकेको छ ।अध्यक्ष ओलीको जन्मदिनको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत उहाँलाई जन्मिदिनको शुभकामना दिइरहनुभएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - १३:३१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology