Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

जर्मनीमा गाँजालाई कानुनी वैधता

जर्मनीमा गाँजालाई कानुनी वैधता

images

एजेन्सी

१२, फाल्गुण २०८०
जर्मनीमा गाँजालाई कानुनी वैधता
images

जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरूले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् । 

जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरू भने राखिएका छन् । सार्वजनिकस्थलहरूमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ ।

कडा कानुनका कारण युवाहरू गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्य मन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए ।

सरकारले गाँजालाई वैधता दिने निर्णय गरेसँगै विपक्षीहरूले भने त्यसको विरोध गरेका छन् । उनीहरूले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन्  ।

विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन्

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०८:३६:०१ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology