Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेनिघाट रोराङको हेक्राङमा दिप प्रज्वलन गरि मनायो २३ औँ मजदुर बलिदान दिवस

बेनिघाट रोराङको हेक्राङमा दिप प्रज्वलन गरि मनायो २३ औँ मजदुर बलिदान दिवस

इच्छाकामना न्युज

१३, फाल्गुण २०८०
बेनिघाट रोराङको हेक्राङमा दिप प्रज्वलन गरि मनायो २३ औँ मजदुर बलिदान दिवस

धादिङ । धादिङमा २३ औँ मजदुर वलीदान दिवस मनाएको छ । शुक्रबार वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० हेक्राङ स्थित रहेको सहिद स्तम्भमा दिप प्रज्वलन गरि २३ औँ मजदुर वलीदान दिवस नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवलय सदस्य तथा वेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेको प्रमुख आतिथ्यतामा सम्पन्न भएका हो ।

images

२०५८ साल फागुन ११ गते कालीकोट जिल्लाको कोटवाडा विमानस्थल निर्माण गर्ने क्रममा तत्कालीन शाही नेपाली सेनाले माओवादी भनी तत्कालीन जोगीमाराका १७ जना सहित ३५ जनाको सामूहिक विभत्सा हत्या गरेको थियो । सो हत्या गरेको दिनलाई स्मरण गरी प्रत्येक बर्ष फागुन ११ गते मजदुर वलीदानी दिवस कार्यक्रम गरि सम्झाने गर्दछ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि विवेक थपलियाले सहिदलाई सहितको मन्तव्य राख्दै सहिद परिवारलाई आर्थिक रुपमा माथि उकास्नका लागि उत्पादनसंग जोडिने बताउदै क्षमता तथा सीप बिकास तालिममा सहभागी गराउने स्पष्ट पार्नुभयो । गाउँपालिकाले सहिद परिवार,चेपाङ समूदाय, विपन्न वर्ग,दलित समूदायलाई साझा प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माणाधीन रहेको सहिद स्मृति पार्कको समेत अनुगमन गरेको छ ।

अध्यक्ष थपलियाले आफु निर्वाचित भएको पहिलो वर्ष विउ पुँजीको रुपमा गाउँपालिकाभित्र रहेका सबै सहिद परिवारलाई नगद रु ५० हजारको दरले सहयोग समेत गरेको बताउनुभयो । सहिद परिवारको सदस्य समेत रहेका गाउँपालिका अध्यक्षले अध्यक्षसंग सहिद परिवार भेटघाट कार्यक्रम नै राखेर आएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - ०६:१७:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology