Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउने निर्णय

आँबुखैरेनीका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउने निर्णय

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
आँबुखैरेनीका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउने निर्णय
images

आँबुखैरेनी । गाउँपालिकाले सुरुवात गरेको सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि अभियानलाई साथ दिदै तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने भएको छ ।

सोमबार गाउँपालिकामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी शैक्षिक शत्रदेखि सामुदायिक विधालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीका आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । 

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुंवरले जानकारी दिइन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले विसं २०७९ सालको शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरुले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - ०८:४५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology