Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा बहालवाला मन्त्रीकै छोरो सरकार विरुद्ध आन्दोलनमा उत्रिएपछि...

आँबुखैरेनीमा बहालवाला मन्त्रीकै छोरो सरकार विरुद्ध आन्दोलनमा उत्रिएपछि...

इच्छाकामना न्युज

२२, माघ २०७७
आँबुखैरेनीमा बहालवाला मन्त्रीकै छोरो सरकार विरुद्ध आन्दोलनमा उत्रिएपछि...

आँबुखैरेनी, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले देशव्यापी रुपमा आज गरेको आम हड्तालको क्रममा तनहुँको आँबुखैरेनीमा दुई वटा अनौठो दृश्य देखिएको छ। पहिलो दृश्य सरकारमा रहेका वहालवाला मन्त्रीकै छोरो वर्तमान सरकार विरुद्धको आन्दोलनमा देखा परेको हो।

images

144302487_1755927491238074_4080780747949813626_n.jpg
तनहुँ आँबुखैरेनी निवासी हाल गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका हरि बहादुर चुमानका छोरो नै सरकारको विरुद्धमा प्रचण्ड–माधव समूहले गरेको आन्दोलनमा सडकमा निस्किएका छन्। उक्त समूहले गरेको आम हड्ताल सफल पार्नका लागि आज दिउँसो करिब १ बजेतिर आँबुखैरेनी बजार चोकमा निस्किएको आन्दोलनकारीको समूहमा बहालवाला मन्त्री चुमानका छोरो शुक्र चुमान देखिएको हो। 
उनले आँबुखैरेनी चोकमा भएको आन्दोलनलाई सम्बोन्धन समेत गरेका थिए। सम्बोन्धनकै क्रममा चुमानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए। 

146424404_902489170520562_4241659255700578596_n.jpg
यसैबिच प्रचण्ड–माधव पक्षको समूहले आँबुखैरेनी चोकमा बसेर प्रदर्शन गरिरहदा संयोगबस नेपाली सेनाको बख्तरबन्द गाडी आईपुगेको थियो। यो देखेर स्थानीय र आन्दोलनकारीहरु त्रसित बनेको थियो।

144511351_433550474365213_5330391061459330340_n.jpg

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १६:२७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology