Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना ४ का वडाध्यक्ष मगरको शवको अन्त्येष्टि यसरी गरिदै (हेर्नुस् तस्विरहरु)

इच्छाकामना ४ का वडाध्यक्ष मगरको शवको अन्त्येष्टि यसरी गरिदै (हेर्नुस् तस्विरहरु)

मृतक मगरको शवमा नेपाली कांग्रेस, तरुण दल, मगर संघ र नेपालको झण्डा ओढाएर अन्त्येष्टि गरियो

इच्छाकामना न्युज

२२, माघ २०७७
इच्छाकामना ४ का वडाध्यक्ष मगरको शवको अन्त्येष्टि यसरी गरिदै (हेर्नुस् तस्विरहरु)
images

मुग्लिन, २२ चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर मगरको शव अन्त्येष्टि गरिएको छ। साँझ करिब ६ बजेर तिर भारतबाट ल्याइएको मगरको शवलाई अन्त्येष्टि गरिनुपूर्व कुरिनटारस्थित नेपाली कांग्रेस इच्छाकामनाको कार्यालय प्राङ्गणमा राखेर अन्तिम श्रञ्द्धाजली दिने कार्यक्रम गरिएको थियो।

images
images

8.png
श्रद्धाञ्जली कार्यक्रममा मृतकको शवलाई नेपाली कांग्रेसको तर्फबाट चितवन जिल्ला सभापति जितनारणयण श्रेष्ठ, प्रदेश सभासद मिलनबाबु श्रेष्ठ लगायतले कांग्रेस पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने तरुण दलको तर्फबाट क्षेत्रिय सभापति राजकुमार गुरुङ तरुण दलको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। 

6.png
यस्तै नेपाल मगर संघको तर्फबाट जित बहादुर मगर र राकेश थापा मगरले मगर संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ लगायतका जनप्रतिनिधीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

7.png
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सयौको उपस्थिति रहेको थियो। 

4.png5.png3.png2.png1.png

तस्विरहरुः चित्र बहादुर गुरुङ/इच्छाकामना न्युज

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:०४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology