काठमाडौं । सत्तारुढ दलको गठबन्धन परिवर्तन भएपछि तीन जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जना बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।