Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बच्चा जन्माउन आफ्नै श्रीमानसँग करोडौं माग्ने यी महिला

बच्चा जन्माउन आफ्नै श्रीमानसँग करोडौं माग्ने यी महिला

एजेन्सी

२२, फाल्गुण २०८०
बच्चा जन्माउन आफ्नै श्रीमानसँग करोडौं माग्ने यी महिला
images

काठमाडौँ । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । कहिले कति बेला परिवारलाई बढाउने भन्ने उनीहरूको निजी फैसला हो । कहिलेकाहीँ परिवार वा समाजको दबाब पनि हुन्छ ।

images
images

पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा असुल्ने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।

सौदी आफ्नो श्रीमानसँग दुबईमा बस्छिन् । यी महिलाको पति करोडपति हुन् । बच्चा जन्माउने जस्तो दुःखको काम यिनी पैसा वा गिफ्ट बिना गर्दिनन् । बच्चा जन्माउनु अघि नै आफूलाई के के कहिले कहिले चाहिएको हो भनेर श्रीमानलाई लिष्ट नै बुझाउँछिन् । टिकटकमा आफ्ना फलोअरहरूलाई गर्भधारण अघि आफ्ना सारा माग पतिसमक्ष राख्ने गरेको महिलाले भनेकी थिइन् । बच्चा जन्माइदिएबापत हरेक पटक आफूले नयाँ कार अनि कारसँग म्याचिङ हर्मीज बर्किनको ब्याग लिने गरेको उनको भनाई छ । यो ब्यागको मूल्य ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पर्दछ । यसबाहेक हरेक बच्चा जन्माउन नगद २ लाख पाउन्ड पनि लिने गरेकी छिन् ।

सौदीको पहिलो माग हिराको ठुलो औँठी हुने गरेको छ । दोस्रो महँगो उपहारमा बच्चा जन्माउने बेलामा लिने गरेकी छिन् । यो गिफ्ट चाँहि लाखौं रुपैयाँ पर्ने लक्जरी ब्याग हुन्छ । जन्मने बच्चा छोरा वा छोरी के हो सोको आधारमा ब्याग पनि निलो वा गुलाबी हुन्छ । हरेक पटक सन्तान जन्माउँदा उनलाई लक्जरी कार पनि चाहिन्छ । यसबाहेक सौदीको सारा थेरापी र ब्यूटि ट्रिटमेन्टको खर्च पनि श्रीमानले नै उठाउनु पर्ने सर्त उनले राखेकी छिन् ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८० मंगलवार - ०८:२४:०४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology