Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दाहाल–नेपाल समूहलाई चितवनमा अर्को झट्का, राप्ती नगरका पार्टी अध्यक्ष लामा ओली समूहमा

दाहाल–नेपाल समूहलाई चितवनमा अर्को झट्का, राप्ती नगरका पार्टी अध्यक्ष लामा ओली समूहमा

इच्छाकामना न्युज

२२, माघ २०७७
दाहाल–नेपाल समूहलाई चितवनमा अर्को झट्का, राप्ती नगरका पार्टी अध्यक्ष लामा ओली समूहमा

चितवन, २२ माघ । चितवनमा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वृहत् आमसभा भएसँगै ओली पक्षमा खुल्नेहरुको संख्या बढ्दै गएको छ । हिजो नेपाल समूहमा रहेका  नेताहरु प्रत्येक दिन ओली समूहमा फर्कने लहर नै चलेको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा पनि ओली समूहमा फर्किएका छन् । लामा राप्ती नगरपालिका नगर कमिटीका अध्यक्षपनि हुन् । देशभर प्रचण्ड–नेपाल समूहले आमहडताल गरिरहँदा उममेयर लामा भने बिहीबार दिनभर नगर कमिटीको बैठकमा केन्द्रित थिए । राप्ती नगरपालिकाका धेरै वडा अध्यक्षहरु पनि ओली समूहमा फर्किने तयारीमा रहेको स्रोतले बताएको छ । लामा नेपाल समूह त्यसमा पनि नेता सुरेन्द्र पाण्डे निकट मानिन्थे । उनि स्थानिय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित छन ।उनि भरतपुरको केन्द्रिय बसपार्कमा आयोजित अध्यक्ष केपी ओलीले सम्बोधन गरेको कार्यक्रममा समेत सहभागि भएर अतिथिको आशनग्रहण गरेका थिए । उनले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र जनताको बहुदलिय जनबादको पक्षमा रहेको नारायणी अनलाइनलाई प्रतिकृया दिए ।

images

ओली समूहकी नेतृ पार्वती रावलले बहुसंख्यक पार्टी नेता कार्यकर्ताहरु ओली पक्षमा नै रहेको बताइन् । उनले भनिन्, ‘ पूर्व चितवन हाम्रो पक्षमा क्लियर छ । कमरेड कृष्ण खनाल उतातिर देखिनु भएको छ । नारायण वन र कृष्णकुमार डल्लाकोटी निष्क्रिय हुनुहुन्छ । आशा छ उहाँहरु पनि यतै फर्कनु हुन्छ ।’ नेतृ रावलले कार्यव्यस्तताले तल्लो कमिटीका बैठकहरु सम्म पुग्न नभ्याएकोले पनि धेरै कार्यकर्ताहरु संगठित भइनसकेको जानकारी दिइन् ।

चितवनको इच्छाकामनामा गाउँपालिकामा पनि बहुसंख्यक नेता तथा कार्यकर्ता ओली समूहमा देखिएका छन् । स्थानीय स्तरमा लोकप्रिय नेता नारायण अधिकारी सुरुदेखिनै ओली समूहमा नै छन् । माडीमा जितबहादुर शाहीलगायत धेरै कार्यकर्ता ओली समूहमा फर्किसकेका छन् । भरतपुरमा पनि जिल्ला कमिटीकी पूर्व उपसचिव सूर्यवदना हमाल र विष्णु अधिकारी ओली समूहमा नै छन् । नेकपा नेतृ रावलले मुख्यतया तत्कालिन एमाले विचार, सिद्धान्त र असल राजनीतिक संस्कारले नेताहरु ओलीसमूहमा फर्किने लहर चलेको बताइन् ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:४२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology