Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयासमा चीनको आपत्ति

टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयासमा चीनको आपत्ति

एजेन्सी

२, चैत्र २०८०
टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयासमा चीनको आपत्ति

टिकटक माथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । 

images

अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने विधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो प्रयासलाई अन्यायपूर्ण र डाकूँ जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्त विपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन् ।

‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाँकुको तर्क हो,’ प्रवक्ता वाङले भने ।

अर्का चिनियाँ अधिकारी वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङका अनुसार चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।

हालै अमेरिकी संसदले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ । 

यद्यपि,  अझै पनि सिनेटमा अप्ठ्यारो टिकटक प्रतिबन्ध गर्ने तयारीको सामना गर्नु पर्नेछ । तर,  राष्ट्रपति जो बिडेनले भने कि यदि यो कांग्रेसबाट पनि पास भयो भने उनले सहजै हस्ताक्षर गर्नेछन् ।

बीबीसीका अनुसार बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपाय गर्ने जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ, जो केम्यान टापुमा दर्ता भएको बेइजिङमा रहेको फर्म हो ।

अमेरिकी सांसदले यस एपको बारेमा चिन्ता व्यक्त गरेका छन् र भनिरहेका छन् कि चिनियाँ सरकारको निगरानीमा रहेको सो एपले अमेरिकी जनताका डाटालाई राष्ट्रिय सुरक्षा जोखिममा पार्ने उत्तिकै खतरा रहेको छ । तर, टिकटकका मालिकहरूले भने अमेरिकाको सो आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

बुधवार मात्रै अमेरिकी कंग्रेसमा प्रस्तावित कानुनको पक्षमा ३५२ र विपक्षमा ६५ जना सांसदले मतदान गर्दै सो विधेयक पारित गर्न भारी मत दिएर प्रतिबन्धका लागि बाटो खुल्ला गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २, २०८० शुक्रवार - ०८:३१:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology